प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा ।

२०७९-०२-२०

  • A
  • A-
  • A+
Share

जेठ १९,

प्युठान जिल्लाको ऐरावती गाँउपालिकाबाट प्रहरीले २ नाल लाईसेन्स नभएको भरुवा बन्दुक सहित २ जना मानिस नियन्त्रणमा लिएको छ। विेशेष सूचनाका आधारमा प्रहरीले मिति २०७९।०२।१९ गते २३:०० बजेको समयमा प्रहरीले ऐरावती गाँउपालिका वडा नं. १ अमिली बस्‍ने वर्ष ४९ को निम बहादुर घर्ती र वर्ष ५० को दिल बहादुर सारुको घर गोठ खानतलासी गर्दा निजहरुले आ-आफ्नो गोठमा लुकाई छिपाई राखेको अवस्थामा १/१ नाल गरी जम्मा २ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।