प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा ।

२०७९-०२-२०

  • A
  • A-
  • A+
Share

जेठ १९,

प्युठान जिल्लाको ऐरावती गाँउपालिकाबाट प्रहरीले २ नाल लाईसेन्स नभएको भरुवा बन्दुक सहित २ जना मानिस नियन्त्रणमा लिएको छ। विेशेष सूचनाका आधारमा प्रहरीले मिति २०७९।०२।१९ गते २३:०० बजेको समयमा प्रहरीले ऐरावती गाँउपालिका वडा नं. १ अमिली बस्‍ने वर्ष ४९ को निम बहादुर घर्ती र वर्ष ५० को दिल बहादुर सारुको घर गोठ खानतलासी गर्दा निजहरुले आ-आफ्नो गोठमा लुकाई छिपाई राखेको अवस्थामा १/१ नाल गरी जम्मा २ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।