प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाँकेः- लागु औषध सहित मानिस नियन्त्रणमा ।

२०७९-०३-०३

  • A
  • A-
  • A+
Share

असार ०३, जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१५ जमुनाह स्थित अन्दाजी २१:०० बजे चेकप्वाईन्टमा भारत बाट नेपाल तर्फ आउँदै गरेको जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.६ बस्ने बर्ष १७ कि ममता क्षेत्री र ऐ.ऐ. बस्ने बर्ष २१ कि चाहाना मगरलाई ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेबाट र लागु औषध नियन्त्रण ब्युरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले शंका लागी चेकजाँच गर्ने क्रममा ममता क्षेत्रीको साथबाट १ ग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरी दुवै जनालाई थप आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी अनुसन्धान कार्य भईरहेको 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।