प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दाङ,:-लागू औषध सहित मानिस प्रहरीको नियन्त्रणमा .

२०७९-०३-०३

  • A
  • A-
  • A+
Share

असार ०३,

जिल्ला दाङ राप्‍ती गाउँपालिका १ स्थित भालुबाङ बस्ने रतन थापाको छोरा वर्ष २८ को विशाल थापा मगरको आफ्नै कोठामा ऐ. २ बस्ने भोजेन्द्र सिंहको छोरा वर्ष २३ को उज्वल सिंह सहित २ जना बसिरहेको अवस्थामा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङ, दाङबाट अन्दाजी १९:०० बजेको समयमा प्रहरी टोली खटिई गई खानतलासी गर्दा सुत्ने ओछ्यानको सिरानी मुनि लुकाई छिपाई राखेको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ ६१० मिली ग्राम र नगद रू, १२,०००।- (बाह्र हजार ) सहित दुबै जना लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भालुबाङ दाङमा राखी थप आवश्यक अनुसन्धान भइरहेको ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।