प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रूपन्देहीः-अवैध गाई सहित मानिस नियन्त्रणमा

२०७९-०३-०४

  • A
  • A-
  • A+
Share

असार ०४, बिहान अन्दाजी ०६:०० बजेको समयमा जिल्ला रूपन्देही सियारी गा.पा. वडा न.१ मधुवन स्थित प्र.चौ.चिलिया रूपन्देहीबाट खटिगएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा जिल्ला रूपन्देही रोहिणी गा.पा. वडा न. ६ बस्ने वर्ष ४६ को साहिद अली, ऐ. बस्ने वर्ष २२ को चन्द्र शेखर हरिजन र ऐ. बस्ने वर्ष १४ को नपिस खानले अवैध रुपमा नेपाल बाट भारत तर्फ लैजाँदै गरेको ३४ वटा गाई र लु ७३ प ३४१ नम्बरको मोटरसाइकल सहित तिनै जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भैरहवा रूपन्देहीमा राखी थप आवश्यक अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।