प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाँके:-लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०३-०७

  • A
  • A-
  • A+
Share

जिल्ला बाँके नेपालगंज उ.म.न.पा. १५ जमुनाह स्थित चेकप्वाईन्टमा भारत बाट नेपाल तर्फ आउँदै गरेको जिल्ला बाँके कोहलपुर न.पा.१ बस्ने वर्ष ३० को प्रकाश रोकाय र जिल्ला मुगु छायाँनाथ रारा न.पा.३ बस्ने वर्ष ३० को श्री बहादुर खड्कालाई ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले अन्दाजी १८:३० बजेको समयमा शंका लागी चेकजाँच गर्ने क्रममा प्रकाश रोकायको साथबाट २ ग्राम लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरी दुबै जना लाई पक्राउ गरी थप आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।