प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दाङ:- सवारी दुर्घटना

२०७९-०३-१३

  • A
  • A-
  • A+
Share

मिति २०७९।०३।०६ गते अं. १५:५० बजेको समयमा जि.दाङ राप्ती गा.पा.४ मौरीघाट स्थित पुर्व बाट पश्चिम तर्फ जादै गरेको UK 03 A 9433 नं.को भारतिय कारले बिपरित दिशाबाट आउदै गरेको भे १० प २५२३ नं.को मो.सा.लाई ठक्कर दिदाँ मो.सा.चालक जि.बाँके चिसापानी १ बस्ने बर्ष २६ को सुरेश पुनमगर घाईते भई बिष्ट पोलिक्लिनिक सिसहनिया दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मिति २०७९।०३।१३ गते बिहान ०८:३० बजे मृत्यु भएको,मो.सा. ई.प्र.का.भालुवाङको नियन्त्रणमा,कार र कार चालक व.प्र.का.लमही दाङको नियन्त्रणमा र थप अनुसन्धान कार्य भई रहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।