प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाँके:- कुटपिटबाट १ जना मानिसको मृत्यु ।

२०७९-०३-१३

  • A
  • A-
  • A+
Share

मिति २०७९।०३।१३ गते बिहान अं. ०२:०० बजेको समयमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ४ एल.बी.चोक स्थितमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ०६ बस्ने वर्ष अं. ३० को मिलन भन्ने दिक्षित खड्कालाई जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ३ बस्ने सुन्दर शाही, ऐ.ऐ. बस्ने पुर्ण बुढामगर, ऐ.ऐ.बस्ने खगेन्द्र थापा मगर र ऐ.ऐ. वडा नं. ४ बस्ने गोविन्द बि.क. समेत संलग्न व्यक्तिहरुले अत्याधिक मादकपदार्थ सेवन गरि चिसापानीबाट कोहलपुर तर्फ पैदल आउदै गरेका दिक्षित खड्कालाई टाउको तथा शरिरका विभिन्न भागमा अन्धाधुन्द बाँसका भाटा प्रहार गरि सख्त घाईते बनाएको, निज घाईतेलाई तत्काल उद्दार गरी कोहलपुर मेडिकल कलेज दश विगाहमा लिई थप उपचारको लागी बिर अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको । तत्काल ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका कार्यालय प्रमुख प्र.ना.उ.ऐन बहादुर मल्ल समेतको अनुसन्धान टोली खटि गई संलग्न मानिसहरुलाई नियन्त्रणमा लिईएको र निज संलग्न मानिसहरुसंग रगत लागेका लाठीको टुक्राहरु र रगत लागेका कपडाहरु समेत बरामद गरि थप अनुसन्धान कार्य भई रहेको ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।