प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाँके:- कुटपिटबाट १ जना मानिसको मृत्यु ।

२०७९-०३-१३

  • A
  • A-
  • A+
Share

मिति २०७९।०३।१३ गते बिहान अं. ०२:०० बजेको समयमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ४ एल.बी.चोक स्थितमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ०६ बस्ने वर्ष अं. ३० को मिलन भन्ने दिक्षित खड्कालाई जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ३ बस्ने सुन्दर शाही, ऐ.ऐ. बस्ने पुर्ण बुढामगर, ऐ.ऐ.बस्ने खगेन्द्र थापा मगर र ऐ.ऐ. वडा नं. ४ बस्ने गोविन्द बि.क. समेत संलग्न व्यक्तिहरुले अत्याधिक मादकपदार्थ सेवन गरि चिसापानीबाट कोहलपुर तर्फ पैदल आउदै गरेका दिक्षित खड्कालाई टाउको तथा शरिरका विभिन्न भागमा अन्धाधुन्द बाँसका भाटा प्रहार गरि सख्त घाईते बनाएको, निज घाईतेलाई तत्काल उद्दार गरी कोहलपुर मेडिकल कलेज दश विगाहमा लिई थप उपचारको लागी बिर अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको । तत्काल ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका कार्यालय प्रमुख प्र.ना.उ.ऐन बहादुर मल्ल समेतको अनुसन्धान टोली खटि गई संलग्न मानिसहरुलाई नियन्त्रणमा लिईएको र निज संलग्न मानिसहरुसंग रगत लागेका लाठीको टुक्राहरु र रगत लागेका कपडाहरु समेत बरामद गरि थप अनुसन्धान कार्य भई रहेको ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।