प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाँके:- लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०७९-०३-२७

  • A
  • A-
  • A+
Share

जिल्ला बाँके कोहलपुर न.पा १ कौशिलानगर बस्ने वर्ष अं. २६ को  जिबन लामिछानेले जि. बाँके बैजानाथ गा. पा. ४ नौलापुर स्थित रहेको आफ्नो ससुराली छलि कुमारी पुन मगरको घरमा लागु औषध ब्राउनसुरको कारोबार गरिरहेको भन्ने सुचना को आधारमा  मिति २०७९।०३।२६ गते अं. २१;०० बजे प्र.स.नि. दिपेन्द्र मल्लसहितको टोली खटि गएकोमा निज जिवन लामिछानेले आफु बसेको कोठामा लुकाई राखेको २३ वटा प्लाष्टिक सहितको पुडियामा रहेको लागु औषधी ब्राउन सुगर जस्तो देखिने  धुलो पदार्थ फेलापारी पलाष्टिक सहित तौल गर्दा २ ग्राम ८० मिलि ग्राम, पलाष्टिक हटाई शुद्द तौल गर्दा १ ग्राम ९५० मिलिग्राम भएको उक्त ला.औ. बरामद गरी निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कोहलपुरमा थप अनुसन्धान भई रहेको ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।