प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बर्दियाः- लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०७९-०४-०३

  • A
  • A-
  • A+
Share

मिति २०७९।०४।०२ गते अं.१७०० बजेको समयमा जि. बर्दिया बढैयाताल गा.पा. २ फुटाहा स्थित नेपाल-भारत आउने जाने बाटो नजिक ला.औ. ब्राउन सुगरको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी जमुनि, बर्दियाबाट प्र.ब.ना.नि. नर बहादुर वि.क. को कमाण्डमा प्रहरी टोलि उक्त स्थानमा खटि गई सोधपुछ गर्दा बासगढि न.पा. ३ बस्ने अं. बर्ष २६ को उमेश खत्रि, ऐ.ऐ. बस्ने अं. बर्ष २४ को कृष्ण प्रसाद थारु र ऐ.ऐ. बस्ने बर्ष अं. २९ को सुनिल थारु समेत गरी ३ जनालाई फेला पारी शङ्का लागी खान तलासि गर्दा निजहरु मध्ये उमेश खत्रिको दाहिने हातमा कालो पलाष्टिकको एक पोकामा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ प्लाष्टिक सहित नाप तौल गर्दा ३ ग्राम ५३० मिलि ग्राम र शुद्ध ३ ग्राम ३९० मिलि ग्राम तौल रहेको ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र निज उमेश खत्रि को हाफ पाईन्टको पछाडिको खल्तिमा रहेको रु. १०००।- दरका नोट थान १० गरि जम्मा रु. १०,०००।- (अक्षररुपि दश हजार मात्र)  र सुनिल थारुको साथ बाट रु. १२०।- (अक्षररुपि एक सय बिस मात्र) गरि जम्मा रु. १०,१२०।-(अक्षररुपि दश हजार एक सय बिस मात्र) समेत बरामद गरि उक्त सामान र ३ जना मानिसहरुको ई.प्र.का. मैनापोखर, बर्दियामा थप अनुसन्धान कार्य भई रहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।