प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दाङः- लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

 मिति २०७९।०४।०५ गते अं.१९:०० बजेको समयमा जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.वडा नं. ६ शिव शिखर कोलोनी टोल स्थित लागु औषध (ब्राउन सुगर) बिक्रि बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुल्सीपुर, दाङबाट प्र.नि.बखत बहादुर शाहीको कमाण्डमा टोली खटी गई  निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई चेक जाँच गर्दा  ला.औ. ब्राउन सुगर सहीत फेला पारी निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तुल्सीपुर, दाङमा थप अनुसन्धान कार्य भई रहेको ।

            निम्न व्यक्तिहरु

१)      जि.दाङ तुलसीपुर उ.म.न.पा ६ ज्ञान ज्योती टोल बस्ने बर्ष २१ अर्जुन नेपली को साथबाट १ पुडिया ।

२)      ऐ.ऐ. ६ सुकौरा रोड बस्ने बस्ने बर्ष २५ को सागर गन्धर्बको साथबाट ६ पुडिया ।

३)      ऐ.ऐ. ५ बसपार्क बस्ने बर्ष २३ को सन्तोष बि.क को साथबाट २ पुडिया ।

४)      ऐ.ऐ. बस्ने बर्ष २५ को निर्मल घर्तीको साथबाट १ पुडिया 

जम्मा १० पुडिया  प्लास्टिक सहीत तौल  गर्दा ७३०  मिली ग्राम , प्लास्टिक हटाई तौल गर्दा ४९०मिली ग्राम ,नगद रु २३,००० ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।