प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दाङः- लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

 मिति २०७९।०४।०५ गते अं.१९:०० बजेको समयमा जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.वडा नं. ६ शिव शिखर कोलोनी टोल स्थित लागु औषध (ब्राउन सुगर) बिक्रि बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुल्सीपुर, दाङबाट प्र.नि.बखत बहादुर शाहीको कमाण्डमा टोली खटी गई  निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई चेक जाँच गर्दा  ला.औ. ब्राउन सुगर सहीत फेला पारी निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तुल्सीपुर, दाङमा थप अनुसन्धान कार्य भई रहेको ।

            निम्न व्यक्तिहरु

१)      जि.दाङ तुलसीपुर उ.म.न.पा ६ ज्ञान ज्योती टोल बस्ने बर्ष २१ अर्जुन नेपली को साथबाट १ पुडिया ।

२)      ऐ.ऐ. ६ सुकौरा रोड बस्ने बस्ने बर्ष २५ को सागर गन्धर्बको साथबाट ६ पुडिया ।

३)      ऐ.ऐ. ५ बसपार्क बस्ने बर्ष २३ को सन्तोष बि.क को साथबाट २ पुडिया ।

४)      ऐ.ऐ. बस्ने बर्ष २५ को निर्मल घर्तीको साथबाट १ पुडिया 

जम्मा १० पुडिया  प्लास्टिक सहीत तौल  गर्दा ७३०  मिली ग्राम , प्लास्टिक हटाई तौल गर्दा ४९०मिली ग्राम ,नगद रु २३,००० ।

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।