प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

७ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको।

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

रुकुम(पूर्व),  ६ श्रावण

जिल्लाको भुमे गाँउपालिका वडा नं. ७ डाग्रीवाङको जंगलबाट बेवारिसे अवस्थामा रहेका ७ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।  मिति २०७९।०४।०५ गते अन्दाजी २१:३० बजे विशेष सुचनाको आधारमा भुमे गाँउपालिका वडा नं ७ स्थित डाग्रीवाङको जंगलमा  प्र.नि. कृष्ण वहादुर खत्रीको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिई गई खोजतलास गर्दा (६ नाल साबुत र १ नाल वेसाबुत) गरी जम्मा ७ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको हो ।  बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक कार्यालयमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।