प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

७ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको।

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

रुकुम(पूर्व),  ६ श्रावण

जिल्लाको भुमे गाँउपालिका वडा नं. ७ डाग्रीवाङको जंगलबाट बेवारिसे अवस्थामा रहेका ७ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।  मिति २०७९।०४।०५ गते अन्दाजी २१:३० बजे विशेष सुचनाको आधारमा भुमे गाँउपालिका वडा नं ७ स्थित डाग्रीवाङको जंगलमा  प्र.नि. कृष्ण वहादुर खत्रीको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिई गई खोजतलास गर्दा (६ नाल साबुत र १ नाल वेसाबुत) गरी जम्मा ७ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको हो ।  बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक कार्यालयमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।