प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

कपिलवस्तुः ६, श्रावण

मिति २०७९।०४।०६ गते २०:०० बजे जिल्ला कपिलबस्तु कपिलबस्तु न.पा. ४ कोदौहा चोक स्थित तौलिहवाबाट कृष्णनगर तर्फ जादै गरेको रा ६ प ८२१३ नं.को मोटरसाईकल चेक जाँच गर्ने क्रममा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.२ मस्जितटोल बस्ने जमालुद्दीन सिद्दीको छोरा बर्ष ३० को अब्दुल अलिम सिद्दीले चलाएको मो.सा सोही मो.सा. पछाडी सवारजिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.२ मस्जितटोल बस्ने अस्गर अली मुसलमान मो.सा.को सिट भित्र लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिक फेला परेको उक्त कालो प्लाष्टिक खोली हेर्दा नेपालमा प्रतिबन्धीत औषधी NITRAVET -10 लेखेको ४ वटा फायल फेला परेको प्रत्येक फायलमा १५/१५ वटाका दरले ६०(साठी) ट्याब्लेट रहेको र  सोही प्लाष्टिकमा दुई वटा सानो पार्दर्शी सेतो प्लाष्टिक रहेको सो प्लाष्टिकहरु मध्ये एउटा प्लाष्टिकमा २ वटा र अर्को प्लाष्टिकमा ४ वटा गरी जम्मा ६ वटा स-साना कागजका पुरिया रहेको उक्त पुरियालाई खोली हेर्दा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको धुलो फेला परेको उक्त ६ वटा पुरियालाई स्थानिय मान्यता प्राप्त डिजिटल यन्त्रमा एक मुष्ट तौल गर्दा कागज सहित ४९० मिलि ग्राम र कागज हटाई तौल गर्दा १२० मिलि ग्राम खैरो रंगको  धुलो रहेको उल्लेखित NITRAVET-10 लेखेको ट्याब्लेट ६०(साठी) र खैरो रंगको १२० मिलि ग्राम धुलो र रा ६ प ८२१३ नं.को मोटरसाईकल सहित २ जना मानिसलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएका प्र.स.नि. श्यामसिह चौधरीको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट थप अनुसन्धान कार्य भई रहेको ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।