प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

कपिलवस्तुः ६, श्रावण

मिति २०७९।०४।०६ गते २०:०० बजे जिल्ला कपिलबस्तु कपिलबस्तु न.पा. ४ कोदौहा चोक स्थित तौलिहवाबाट कृष्णनगर तर्फ जादै गरेको रा ६ प ८२१३ नं.को मोटरसाईकल चेक जाँच गर्ने क्रममा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.२ मस्जितटोल बस्ने जमालुद्दीन सिद्दीको छोरा बर्ष ३० को अब्दुल अलिम सिद्दीले चलाएको मो.सा सोही मो.सा. पछाडी सवारजिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.२ मस्जितटोल बस्ने अस्गर अली मुसलमान मो.सा.को सिट भित्र लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिक फेला परेको उक्त कालो प्लाष्टिक खोली हेर्दा नेपालमा प्रतिबन्धीत औषधी NITRAVET -10 लेखेको ४ वटा फायल फेला परेको प्रत्येक फायलमा १५/१५ वटाका दरले ६०(साठी) ट्याब्लेट रहेको र  सोही प्लाष्टिकमा दुई वटा सानो पार्दर्शी सेतो प्लाष्टिक रहेको सो प्लाष्टिकहरु मध्ये एउटा प्लाष्टिकमा २ वटा र अर्को प्लाष्टिकमा ४ वटा गरी जम्मा ६ वटा स-साना कागजका पुरिया रहेको उक्त पुरियालाई खोली हेर्दा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको धुलो फेला परेको उक्त ६ वटा पुरियालाई स्थानिय मान्यता प्राप्त डिजिटल यन्त्रमा एक मुष्ट तौल गर्दा कागज सहित ४९० मिलि ग्राम र कागज हटाई तौल गर्दा १२० मिलि ग्राम खैरो रंगको  धुलो रहेको उल्लेखित NITRAVET-10 लेखेको ट्याब्लेट ६०(साठी) र खैरो रंगको १२० मिलि ग्राम धुलो र रा ६ प ८२१३ नं.को मोटरसाईकल सहित २ जना मानिसलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएका प्र.स.नि. श्यामसिह चौधरीको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट थप अनुसन्धान कार्य भई रहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।