प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको।

२०७९-०४-०७

  • A
  • A-
  • A+
Share

रुकुम(पूर्व),  ७ श्रावण

जिल्लाको भुमे गाँउपालिका वडा नं. ७ डाग्रीवाङको जंगलबाट बेवारिसे अवस्थामा रहेका २ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।  मिति २०७९।०४।०७ गते अन्दाजी २०:०० बजे विशेष सुचनाको आधारमा भुमे गाँउपालिका वडा नं ७ स्थित डाग्रीवाङको जंगलमा  प्र.नि. कृष्ण वहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिई गई खोजतलास गर्दा (१ नाल साबुत र १ नाल वेसाबुत) गरी जम्मा २ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको हो ।  बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।