प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको।

२०७९-०४-०७

  • A
  • A-
  • A+
Share

रुकुम(पूर्व)७ श्रावण

जिल्लाको भुमे गाँउपालिका वडा नं. ७ डाग्रीवाङको जंगलबाट बेवारिसे अवस्थामा रहेका २ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।  मिति २०७९।०४।०७ गते अन्दाजी २०:०० बजे विशेष सुचनाको आधारमा भुमे गाँउपालिका वडा नं ७ स्थित डाग्रीवाङको जंगलमा  प्र.नि. कृष्ण वहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिई गई खोजतलास गर्दा (१ नाल साबुत र १ नाल वेसाबुत) गरी जम्मा २ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको हो ।  बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।