प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रीमान श्रीमती मृत अवस्थामा फेला परेको।

२०७९-०४-१०

  • A
  • A-
  • A+
Share

बाँके, श्रावण १०

जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतिपुरमा आफ्नै घर भित्र श्रिमान श्रिमती मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही घर भएका वर्ष २२ को मम्मु भन्ने कृष्ण गडरिया र निजको श्रीमती वर्ष २१ की अन्जली गडरिया रहेका छन् । अन्जली गडरियाको घाँटीमा पलाष्टिकको डोरी बटारिएको अवस्थामा घरभित्र कोलियामा र मम्मु भन्ने कृष्ण गडरियाको बाँया हातमा काटिएको अवस्थामा भान्सा कोठा भित्र मृत अवस्थाम फेला परेका थिए। घटनास्थलमा प्र.ना.उ. ऐन बहादुर मल्लको कमाण्डमा डग सहित १३ जनाको टोली खटिएको र तालुक जि.प्र.का. बाँकेबाट प्र.उ. श्याम कृष्ण अधिकारी कमाण्डमा १५ जनाको टोलि खटि गई घट्नाको थप अनुसन्धान भई रहेको छ ।  


सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।