प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रीमान श्रीमती मृत अवस्थामा फेला परेको।

२०७९-०४-१०

  • A
  • A-
  • A+
Share

बाँके, श्रावण १०

जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतिपुरमा आफ्नै घर भित्र श्रिमान श्रिमती मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही घर भएका वर्ष २२ को मम्मु भन्ने कृष्ण गडरिया र निजको श्रीमती वर्ष २१ की अन्जली गडरिया रहेका छन् । अन्जली गडरियाको घाँटीमा पलाष्टिकको डोरी बटारिएको अवस्थामा घरभित्र कोलियामा र मम्मु भन्ने कृष्ण गडरियाको बाँया हातमा काटिएको अवस्थामा भान्सा कोठा भित्र मृत अवस्थाम फेला परेका थिए। घटनास्थलमा प्र.ना.उ. ऐन बहादुर मल्लको कमाण्डमा डग सहित १३ जनाको टोली खटिएको र तालुक जि.प्र.का. बाँकेबाट प्र.उ. श्याम कृष्ण अधिकारी कमाण्डमा १५ जनाको टोलि खटि गई घट्नाको थप अनुसन्धान भई रहेको छ ।  


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।