प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टर दुर्घटनाबाट मानिसको मृत्यु ।

२०७९-०४-१२

  • A
  • A-
  • A+
Share

गुल्मी, मुसिकोट नगरपालिका-२ देउरालीमा तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु.२ त ५६०३ नम्बरको ट्याक्टबाट खसेर ट्याक्टरका सह-चालक मालिका गाउँपालिका-२ बस्ने २२ वर्षीय दिपक परियारको बुधबार साँझ मृत्यु भएको छ । खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभाषमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।