प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“अपराध अनुसन्धान सम्बन्धी समस्या र सामाधनका उपायहरु” विषयक प्रदेश स्तरीय एक दिवसिय समिक्षा गोष्ठी सम्पन्न ।

२०७९-०४-२०

  • A
  • A-
  • A+
Share

       आज मिति २०७९।०४।२० गते  शुक्रबार  लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, काठमाण्डौको सहकार्यमा अपराध अनुसन्धानलाई वस्तुपरक,तथ्यपरक,प्रमाणमुखी  र पारदर्शी बनाउने उद्देश्यका साथ “अपराध अनुसन्धान सम्बन्धी समस्या र सामाधनका उपायहरु”  विषयक प्रदेश स्तरीय एक दिवसिय समिक्षा गोष्ठी कार्यक्रम लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला,कानून तथा संचार मन्त्री माननीय तिलकराम शर्मा ज्यूको अध्यक्षतामा  सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका १२ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखबाट अपराध अनुसन्धान र यसका समस्या तथा समाधानका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल ज्यूले कार्यक्रमको उद्वेश्यमाथी प्रकाश पार्दै स्वागत मन्तब्य राख्नु भएको थियो । उच्च सरकारी वकिल कार्यालयका सह- न्यायाधिवक्ता मोहन सागर बस्याल, आन्तरिक मामिला कानून तथा संचार मन्त्रालयका सचिव कोमल प्रसाद धमला र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मुख्य न्यायाधिवक्ता मा. श्री कृष्ण सुवेदी ज्यूहरुले शुभकामना मन्तव्य दिनु भएको थियो । विभिन्न सरकारी तथा सामाजिक संघ संस्थाका प्रमुख ज्यूहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय ज्यूले धन्यवाद ज्ञापन गर्नुका साथै छलफल अन्तरक्रियामा उठेका विषयहरुमाथी प्रष्ट पार्नु भएको थियो । केन्द्रिय अनुसन्धान व्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी ज्यूले  अपराधको बदलिदो प्रवृतीका साथै समसामयिक बिषयमा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।