प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

देबरद्वारा भाउजुमाथि चक्कु प्रहार गरी घाइते बनाएको

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

दाङ २३ साउन,

नवल्परासी पश्चिम, सुनवल नगरपालिका वडा नं. ५ हर्दिया बस्ने बर्ष ३२ को बिशाल खड्काले मिति २०७९।०४।२२ गते राती १०:२० बजेको समयमा आफ्नै भाउजु बर्ष २८ की ममता खड्काको घाँटीमा चक्कु प्रहार गरी घाईते बनाएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्र.नि. बिष्णु पौडेलको कमाण्डमा ५ जनाको टोली खटि गई निज बिशाल खड्कालाई नियन्त्रणमा लिने क्रममा ईलाका प्रहरी कार्यालय, सुनवलमा कार्यरत प्रहरी हबल्दार खिम बहादुर गुरुङको घाँटीमा समेत सोही चक्कुले प्रहार गरी घाईते बनाएकोमा  घाइतेहरुको देवदह मेडिकल कलेज भलुही, रुपन्देहीमा उपचार भई रहेको छ । निज बिशाल खड्कालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।