प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुकुम पूर्वमा पहिरोका कारण घरमा क्षती ।

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

दाङ २३ साउन,

रुकुम पूर्व, सिस्ने गाँउपालिका वडा नं. ६ बस्ने सुदन बोहराको दुई तले कच्ची घरमा मिति २०७९।०४।२२ गते बिहान  ७:२० बजेको समयमा पहिरो जाँदा घर लगायत घरभित्र रहेका सम्पूर्ण सरसामान नष्ट हुँदा रु ७,००,०००। बराबरको धनमालको क्षति भएको छ । पहिरोका कारण कुनै मानविय क्षति भएको छैन । उद्दारका लागि सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी खटाई पठाई सकिएको छ

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।