प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा:

२०७९-०४-२४

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, मायादेवी गाँउपालिका वडा नं. ०१ ईमिलियाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तुसहित जिल्ला, रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ वुद्धनगर बस्ने अन्दाजी वर्ष २७ को जनकराम घिमिरे पक्राउ परेका छन् ।  मिति २०७९।०४।२३ गते १७:४० बजेको समयमा ईमिलिया स्थित बगदी - पकडी  भित्री सडक खण्डमा पकडीबाट वगदीतर्फ जाँदै गरेको लु  ८२ प ३२२५ नं. को मोटरसाईकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा निज जनकराम घिमिरेको साथबाट अन्दाजी २ ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको हो । निज जनकराम घिमिरेलाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ  

सम्बन्धित समाचार