प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा:

२०७९-०४-२४

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, मायादेवी गाँउपालिका वडा नं. ०१ ईमिलियाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तुसहित जिल्ला, रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ वुद्धनगर बस्ने अन्दाजी वर्ष २७ को जनकराम घिमिरे पक्राउ परेका छन् ।  मिति २०७९।०४।२३ गते १७:४० बजेको समयमा ईमिलिया स्थित बगदी - पकडी  भित्री सडक खण्डमा पकडीबाट वगदीतर्फ जाँदै गरेको लु  ८२ प ३२२५ नं. को मोटरसाईकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा निज जनकराम घिमिरेको साथबाट अन्दाजी २ ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको हो । निज जनकराम घिमिरेलाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।