प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बेवारिसे अवस्थामा फेला परे ४ नाल भरुवा बन्दुक

२०७९-०४-२७

  • A
  • A-
  • A+
Share


दाङ २७ साउन,
रुकुम पूर्व, भुमे गाँउपालिका वडा नं. ७ डाङग्रीवाङ जंगलको धरमशालामा ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले सो स्थानमा खोजतलास गर्दा ३ नाल चालु अवस्थामा र १ नाल बेचालु अवस्थामा गरी जम्मा ४ नाल भरुवा बन्दुक फेला परेको हो । फेला परेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।