प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फलामको पोलले लागि मानिसको मृत्यु .

२०७९-०४-२८

  • A
  • A-
  • A+
Share

दाङ २८ साउन,
दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाँउ नजिक रहेको खेल मैदानमा रहेको फुटवल गोलपोष्टको फलामको पोल ढल्दा पैदलयात्री जिल्ला सल्यान, सारदा नगरपालिका वडा नं. ७ घर भई हाल टरिगाँउ बस्ने चित्र बहादुर थापालाई पोलले लागि मृत्यु भएको छ । मिति २०७९।०४।२७ गते अन्दाजी १७:३० बजे पोलले लागी घाइते भएका थापाको राप्ति प्रादेशिक अस्पतालमा उपचारको क्रममा १८:०५ बजेको समयमा मृत्यु भएको हो ।
 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।