प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फलामको पोलले लागि मानिसको मृत्यु .

२०७९-०४-२८

  • A
  • A-
  • A+
Share

दाङ २८ साउन,
दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाँउ नजिक रहेको खेल मैदानमा रहेको फुटवल गोलपोष्टको फलामको पोल ढल्दा पैदलयात्री जिल्ला सल्यान, सारदा नगरपालिका वडा नं. ७ घर भई हाल टरिगाँउ बस्ने चित्र बहादुर थापालाई पोलले लागि मृत्यु भएको छ । मिति २०७९।०४।२७ गते अन्दाजी १७:३० बजे पोलले लागी घाइते भएका थापाको राप्ति प्रादेशिक अस्पतालमा उपचारको क्रममा १८:०५ बजेको समयमा मृत्यु भएको हो ।
 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।