प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्र.ना.उ. सवार TATA Yodha Pickup Van दुर्घटना ।

२०७९-०४-२८

  • A
  • A-
  • A+
Share

रूकुम पूर्व साउन, २८

मिति २०७९।०४।२८ गते ११:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश डाँगी  र प्रमुख जिल्ला अधिकारी तुलराम सुनुवारको टोली ई.प्र.का. तकसेरा रूकुम पूर्वको कार्यालय निरीक्षणको लागी बिहान ०९:१५ बजेको समयमा ई.प्र.का. तकसेरा रूकुम पूर्वको लागी लु.१ झ. ६६० नम्बरको TATA Yodha Pickup Van मा हिडेकोमा जिल्ला रूकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका ११ को तल्लो सेरा भन्ने स्थानको घुम्तीमा गाडी मोड्ने क्रममा प्र.ना.उ. प्रकाश डाँगी चढेको Pickup VAN अचानक उक्त घुम्तीबाट अन्दाजी १२० मिटर तल खस्दा उक्त गाडीमा सवार प्र.ना.उ. डाँगी र अन्य ५ जना गरी जम्मा ६ जना प्रहरी कर्मचारीहरू घाईते भएका छन, प्र.जि.अ. तुलराम सुनुवार भने जिल्ला प्रशासन कार्यालयको आफ्नै गाडीमा सवार रेहको, र उक्त दुर्घटना स्थलमा प्रमुख जिल्ला अधिकारी, स्थानिय निकाय तथा जनप्रतिनिधिहरू, ई.प्र.का. तकसेरा रूकुम पूर्वको प्रहरी टोली र स्थानियको वासिन्दाहरूको सहयोगमा उद्दार गरी घाईते प्रहरी कर्मचारीहरूलाई पुथा उत्तर गंगा गा.पा. ११ डिखिउ भन्ने स्थानमा रहेको हेलिप्याडमा लगी नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागी कोहलपुर मेडिकल कलेज नेपालगंज लगिएको ।
निम्नः-
१ प्र.ना.उ.प्रकाश डाँगीको दाहिने हातको कुम भाँचिएको तथा शरिरको विभिन्न भागहरूमा चोट अवस्था मध्ययम हाल थप उपचारको लागी Nursing Home Nepalgunj रिफर गरिएको ।
२.स.प्र.ना उ.रबिन्द्र श्रेष्ठ  मुखमा चोट अवस्था मध्यम ।  
३ चालक प्र.ह.कुमार सिंह डाँगीको टाउकोमा चोट मध्यम मध्यम ।
४ जिल्ला रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ एलबाङ घर भई जिल्ला प्रहरी कार्यलय रूकुम पूर्वमा कार्यरत प्रहरी जवान लक्ष्मण पुन मगरको टाउकोमा चोट  लागी अवास्था गम्भिर भएकोमा हाल नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा १६:२० बजेको समयमा मृत्यु भएको ।
५ प्र.ज.सन्तोष बुढा अवस्था मध्ययम ।
६ प्र.ज.ईन्द्र घर्ती मगरको कान च्यातिएको अवस्था मध्यम  ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-१२-०६

बाँके, नेपालगंज उपमहानगरपालिका-१ बिशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय रमन सिंघ राठोर र ३० वर्षीय सरोज सिंह चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १२ एम्पुल, प्रोमेथाजाइन १६ एम्पुल र बुप्रेनोर्फिन २४ एम्पुल सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-२ नौउडिहवा बस्ने २६ वर्षीय अनिष आले, सोही नगरपालिका-९ अञ्चलपुर बस्ने ३२ वर्षीय अविनास गुरूङ र  कन्चन गाउँपालिका-३ हरैया बस्ने २२ वर्षीय सुजन सारू रहेका छन् ।  इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१२-०३

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-७ सिमलघारी बस्ने २९ वर्षीय राजेश दर्लामी र २४ वर्षीय रमेश खनाल रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ पैदल  आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ रमवापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन २ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोहिणी गाउँपालिका-२ पजरकट्टी बस्ने ३७ वर्षीय एकलाख अहमद भाट र ३० वर्षीय भुपेन्द्र यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ५३ एवाई ४६०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-११-२८

रूपन्देही, सियारी गाउँपालिका-२ सेमराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम र नगद ३२ हजार रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-३ कमहरिया बस्ने ३२ वर्षीय अमेरिका केवट र सोही गाउँपालिका-२ कलीकमहवा बस्ने २९ वर्षीय भान प्रकास मल्लाह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.६२ प ८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।