प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्र.ना.उ. सवार TATA Yodha Pickup Van दुर्घटना ।

२०७९-०४-२८

  • A
  • A-
  • A+
Share

रूकुम पूर्व साउन, २८

मिति २०७९।०४।२८ गते ११:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश डाँगी  र प्रमुख जिल्ला अधिकारी तुलराम सुनुवारको टोली ई.प्र.का. तकसेरा रूकुम पूर्वको कार्यालय निरीक्षणको लागी बिहान ०९:१५ बजेको समयमा ई.प्र.का. तकसेरा रूकुम पूर्वको लागी लु.१ झ. ६६० नम्बरको TATA Yodha Pickup Van मा हिडेकोमा जिल्ला रूकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका ११ को तल्लो सेरा भन्ने स्थानको घुम्तीमा गाडी मोड्ने क्रममा प्र.ना.उ. प्रकाश डाँगी चढेको Pickup VAN अचानक उक्त घुम्तीबाट अन्दाजी १२० मिटर तल खस्दा उक्त गाडीमा सवार प्र.ना.उ. डाँगी र अन्य ५ जना गरी जम्मा ६ जना प्रहरी कर्मचारीहरू घाईते भएका छन, प्र.जि.अ. तुलराम सुनुवार भने जिल्ला प्रशासन कार्यालयको आफ्नै गाडीमा सवार रेहको, र उक्त दुर्घटना स्थलमा प्रमुख जिल्ला अधिकारी, स्थानिय निकाय तथा जनप्रतिनिधिहरू, ई.प्र.का. तकसेरा रूकुम पूर्वको प्रहरी टोली र स्थानियको वासिन्दाहरूको सहयोगमा उद्दार गरी घाईते प्रहरी कर्मचारीहरूलाई पुथा उत्तर गंगा गा.पा. ११ डिखिउ भन्ने स्थानमा रहेको हेलिप्याडमा लगी नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागी कोहलपुर मेडिकल कलेज नेपालगंज लगिएको ।
निम्नः-
१ प्र.ना.उ.प्रकाश डाँगीको दाहिने हातको कुम भाँचिएको तथा शरिरको विभिन्न भागहरूमा चोट अवस्था मध्ययम हाल थप उपचारको लागी Nursing Home Nepalgunj रिफर गरिएको ।
२.स.प्र.ना उ.रबिन्द्र श्रेष्ठ  मुखमा चोट अवस्था मध्यम ।  
३ चालक प्र.ह.कुमार सिंह डाँगीको टाउकोमा चोट मध्यम मध्यम ।
४ जिल्ला रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ एलबाङ घर भई जिल्ला प्रहरी कार्यलय रूकुम पूर्वमा कार्यरत प्रहरी जवान लक्ष्मण पुन मगरको टाउकोमा चोट  लागी अवास्था गम्भिर भएकोमा हाल नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा १६:२० बजेको समयमा मृत्यु भएको ।
५ प्र.ज.सन्तोष बुढा अवस्था मध्ययम ।
६ प्र.ज.ईन्द्र घर्ती मगरको कान च्यातिएको अवस्था मध्यम  ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।