प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्युठानमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु १५ घाइते

२०७९-०४-२९

  • A
  • A-
  • A+
Share

प्युठान, नौबहिनी गाँउपालिका वडा नं. ६ बहाने बजार नजिकै घुम्तिमा बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु १ ज १५४८ नं. को जिप आज साँझ ५ आफै अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा ३ जना मानिसको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक जिल्ला प्युठान, नौबहिनि गाँउपालिका वडा नं. ५ बस्ने वर्ष २५ को लुकेश थापा, सोही घर भएकी रेमसरा बुढामगरकी छोरी वर्ष ४ की करुणा बुढामगर र निजकै छोरी २५ दिनकी चेतना बुढामगर रहेका छन् । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल प्युठानमा पठाइएको छ।  

घाईतेहरु:-

१.    जिल्ला प्युठान ऐरावती गा.पा.५ खवाङ बस्ने बर्ष २८ को गोबिन्द के.सि. ।
२.    ऐ.नौबहिनि गा.पा. २ लिघा बस्ने बर्ष २६ की लक्ष्मी घर्तिमगर ।
३.    ऐ. बस्ने बर्ष ५२ को मिनराम सुनार ।
४.    ऐ. बस्ने बर्ष ३० को दल ब. खत्री ।
५.    ऐ. १ बस्ने बर्ष २६ को ईन्द्र ब. बुढामगर ।
६.    ऐ. ५ बस्ने बर्ष २३ को रबिन घर्तिमगर  ।
७.    ऐ.ऐ. बर्ष १८ कि धनमाला थापामगर ।
८.    ऐ.ऐ. बर्ष ११ को रोशन थापा मगर  ।
९.    ऐ.ऐ.बर्ष २८ को हुम ब. बुढामगर  ।
१०.    ऐ.ऐ.बर्ष २८ को मिनराज राना क्षेत्री  ।
११.    ऐ.ऐ. बस्ने बर्ष ६० की दिल सरी बि.क.  ।
१२.    जिल्ला रोल्पा लुङ्ग्री गा.पा. १ बस्ने बर्ष १२ की अस्मिता पुन मगर ।
१३.    जिल्ला प्युठान नौबहिनि ५ बस्ने बर्ष २२ की दिलमाया थापा  ।
१४.    ऐ.ऐ. बस्ने बर्ष ११ की रियासा थापा ।
१५.    ऐ. बस्ने बर्ष २५ की रेमसरा बुढामगर ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।