प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्युठानमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु १५ घाइते

२०७९-०४-२९

  • A
  • A-
  • A+
Share

प्युठान, नौबहिनी गाँउपालिका वडा नं. ६ बहाने बजार नजिकै घुम्तिमा बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु १ ज १५४८ नं. को जिप आज साँझ ५ आफै अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा ३ जना मानिसको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक जिल्ला प्युठान, नौबहिनि गाँउपालिका वडा नं. ५ बस्ने वर्ष २५ को लुकेश थापा, सोही घर भएकी रेमसरा बुढामगरकी छोरी वर्ष ४ की करुणा बुढामगर र निजकै छोरी २५ दिनकी चेतना बुढामगर रहेका छन् । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल प्युठानमा पठाइएको छ।  

घाईतेहरु:-

१.    जिल्ला प्युठान ऐरावती गा.पा.५ खवाङ बस्ने बर्ष २८ को गोबिन्द के.सि. ।
२.    ऐ.नौबहिनि गा.पा. २ लिघा बस्ने बर्ष २६ की लक्ष्मी घर्तिमगर ।
३.    ऐ. बस्ने बर्ष ५२ को मिनराम सुनार ।
४.    ऐ. बस्ने बर्ष ३० को दल ब. खत्री ।
५.    ऐ. १ बस्ने बर्ष २६ को ईन्द्र ब. बुढामगर ।
६.    ऐ. ५ बस्ने बर्ष २३ को रबिन घर्तिमगर  ।
७.    ऐ.ऐ. बर्ष १८ कि धनमाला थापामगर ।
८.    ऐ.ऐ. बर्ष ११ को रोशन थापा मगर  ।
९.    ऐ.ऐ.बर्ष २८ को हुम ब. बुढामगर  ।
१०.    ऐ.ऐ.बर्ष २८ को मिनराज राना क्षेत्री  ।
११.    ऐ.ऐ. बस्ने बर्ष ६० की दिल सरी बि.क.  ।
१२.    जिल्ला रोल्पा लुङ्ग्री गा.पा. १ बस्ने बर्ष १२ की अस्मिता पुन मगर ।
१३.    जिल्ला प्युठान नौबहिनि ५ बस्ने बर्ष २२ की दिलमाया थापा  ।
१४.    ऐ.ऐ. बस्ने बर्ष ११ की रियासा थापा ।
१५.    ऐ. बस्ने बर्ष २५ की रेमसरा बुढामगर ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।

अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।