प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हातहतियार खरखजाना तथा विष्पोटक पदार्थ सहित मानिस नियन्त्रणमा

२०७९-०४-३०

  • A
  • A-
  • A+
Share

  1. दाङ, ३० साउन

                बर्दिया, बारबर्दिया नगरपालिका वडा नं. ६ मनिकापुर बस्ने वर्ष ५६ को निमलाल शर्मा हातहतियार खरखजाना सहित पक्राउ परेका छन् । केहि दिन अगाडी बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएको सि.सि. टि.भि. फुटेजमा देखिन आएपछि आइतवार दिउँसो नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय निकुञ्जका प्रमुख सहितको टोलीले निजको घरमा खानतलासी गर्दा निम्नानुसारका हातहतियार खरखजाना बरामद भएको छ । बरामद भएको हातहतियार खरखजाना सहित निमलाल शर्मालाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वारबाट थप अनुसन्धान भई रहेको छ ।

                            निम्न

      • १.     दुई नाले बारा बोर  बन्दुक थान १ ,ऐ को गोली राउण्ड थान ३ ।
      • २.     ३०३ राईफलको गोली राउण्ड थान ४ ।
      • ३.     8mm kf लेखिएको गोली राउण्ड थान १६ ।
      • ४.      OFV A7  60 गोली राउण्ड थान १२ ।
      • ५.      OFV 2010 5.56  गोली राउण्ड थान २ ।
      • ६.      MK3 EXPLOSIVE थान १ ।
      • ७.      PEK अं. १०० ग्राम ।
      • ८.      १२ बोर काटुस थान ८ ।
      • ९.      पटाका २१ रोल ।

      सम्बन्धित समाचार
      मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
      २०८२-०९-०१

      रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।