प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हातहतियार खरखजाना तथा विष्पोटक पदार्थ सहित मानिस नियन्त्रणमा

२०७९-०४-३०

  • A
  • A-
  • A+
Share

  1. दाङ, ३० साउन

                बर्दिया, बारबर्दिया नगरपालिका वडा नं. ६ मनिकापुर बस्ने वर्ष ५६ को निमलाल शर्मा हातहतियार खरखजाना सहित पक्राउ परेका छन् । केहि दिन अगाडी बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएको सि.सि. टि.भि. फुटेजमा देखिन आएपछि आइतवार दिउँसो नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय निकुञ्जका प्रमुख सहितको टोलीले निजको घरमा खानतलासी गर्दा निम्नानुसारका हातहतियार खरखजाना बरामद भएको छ । बरामद भएको हातहतियार खरखजाना सहित निमलाल शर्मालाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वारबाट थप अनुसन्धान भई रहेको छ ।

                            निम्न

      • १.     दुई नाले बारा बोर  बन्दुक थान १ ,ऐ को गोली राउण्ड थान ३ ।
      • २.     ३०३ राईफलको गोली राउण्ड थान ४ ।
      • ३.     8mm kf लेखिएको गोली राउण्ड थान १६ ।
      • ४.      OFV A7  60 गोली राउण्ड थान १२ ।
      • ५.      OFV 2010 5.56  गोली राउण्ड थान २ ।
      • ६.      MK3 EXPLOSIVE थान १ ।
      • ७.      PEK अं. १०० ग्राम ।
      • ८.      १२ बोर काटुस थान ८ ।
      • ९.      पटाका २१ रोल ।

      सम्बन्धित समाचार
      अवैध लागूऔषध सहित ६ जना पक्राउ
      २०८३-०६-१३

      बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

      आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
      २०८३-०५-३०

      रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।