प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा:

२०७९-०४-३०

  • A
  • A-
  • A+
Share


दाङ, ३० साउन

दाङ, तुल्सिपुर उप-महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ५० की पार्वती खत्रीको घरबाट लागूऔषध गाँजा बरामद भएको छ । विशेष सूचनाको आधारमा आइतबार राती अन्दाजी २०:३० बजे खत्रीको घर खानतलासी गर्दा घरको माथिल्लो तलाको बैकलमा सेतो पलाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा ५ के.जी. लागूऔषध गाँजा बरामद भएको हो । बरामदीत गाँजा र निज पार्वती खत्रीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।