प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा:

२०७९-०४-३०

  • A
  • A-
  • A+
Share


दाङ, ३० साउन

दाङ, तुल्सिपुर उप-महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ५० की पार्वती खत्रीको घरबाट लागूऔषध गाँजा बरामद भएको छ । विशेष सूचनाको आधारमा आइतबार राती अन्दाजी २०:३० बजे खत्रीको घर खानतलासी गर्दा घरको माथिल्लो तलाको बैकलमा सेतो पलाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा ५ के.जी. लागूऔषध गाँजा बरामद भएको हो । बरामदीत गाँजा र निज पार्वती खत्रीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।