प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबी मृत्यु ।

२०७९-०५-०१

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर

नगरपालिका वडा नं. ११ गन्धर्व बस्ती बस्ने शक्तिमान घर्तीमगरको छोरा वर्ष ७ को बिमित घर्तीमगरको पानीमा डुबी मृत्यु भएको छ ।  मिति २०७९।०४।३१ गते १८:०० बजे डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका घर्तीमगरको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा १८:४५ बजे मृत्यु भएको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।