प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अरिङ्गालले टोकेर (चिलेर) घाइते ।

२०७९-०५-०१

  • A
  • A-
  • A+
Share

अर्घाखाँची

अर्घाखाँची, सन्धिखर्क नगरपालिका वडा नं. ८ पकले बस्ने वर्ष ४५ को विष्णु भन्ने कर्ण बहादुर नेपालीलाई अरिङ्गालले टोकेर (चिलेर) घाइते भएका छन् । मिति २०७९।०४।३१ गते १८:३० बजे आफ्नै घर नजिक जंगलमा अरिङ्गाल पोल्ने क्रममा १५/२० ओटा अरिङ्गालले टोक्दा घाइते भएका थिए । घाइते नेपालीको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार पश्चात् लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरी उपचार भई रहेको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।