प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अरिङ्गालले टोकेर (चिलेर) घाइते ।

२०७९-०५-०१

  • A
  • A-
  • A+
Share

अर्घाखाँची

अर्घाखाँची, सन्धिखर्क नगरपालिका वडा नं. ८ पकले बस्ने वर्ष ४५ को विष्णु भन्ने कर्ण बहादुर नेपालीलाई अरिङ्गालले टोकेर (चिलेर) घाइते भएका छन् । मिति २०७९।०४।३१ गते १८:३० बजे आफ्नै घर नजिक जंगलमा अरिङ्गाल पोल्ने क्रममा १५/२० ओटा अरिङ्गालले टोक्दा घाइते भएका थिए । घाइते नेपालीको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार पश्चात् लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरी उपचार भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।