प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०५-०२

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उप-महानगरपालिका १३ स्थित बनगाँउ देखी घोराही तर्फ आउदै गरेको रा.१ ह. ३०९४ न.को अटो आफै अनियन्त्रीत भई दुर्घटना हुन जाँदा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागी राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ तर्फ पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटी गएको, अटो र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको ।

                                             निम्न घाईतेहरु :-

१) जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३ बस्ने बर्ष ११ को साहिल गिरी, अवस्था मध्यम ।

२) ऐ. बस्ने बर्ष ४२ की निर्मला गिरी, अबस्था मध्यम ।

३) ऐ. बस्ने बर्ष ६० की अस्मानी चौधरी, अबस्था मध्यम ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।