प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०५-०३

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर नगरपालिका १० बिद्युत रोड चोक स्थित कोहलपुर नेपालगंज सडक खण्डमा कोहलपुरबाट हाईस्कुल तर्फ जांदै गरेको नं. नखुलेको मो.सा.ले पैदल यात्री मा.प.से. गरेकी ऐ. कोहलपुर नगरपालिका-११ होन्डा सोरुम नजिकै बस्ने बर्ष ४३ की ऋतु थापा शाहीलाई ठक्कर दिदा घाईते भई उपचारको लागी मेडिकल कलेज कोहलपुर बाँकेमा पठाई उपचार भईरहेको अवस्था मध्यम, मो.सा. चालक फरार, खोज तलास कार्य भईरहेको । 


सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।