प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मृत्यु

२०७९-०५-०४

  • A
  • A-
  • A+
Share

बाँके नेपालगंज उप-महानगरपालिका-१७ ढोडेगाउँ स्थित ऐ.बस्ने बर्ष ४० को पर्शुराम कलवारको छोरा बर्ष २५ को बब्लु कलवारलाई आफ्नै भे १ स ७१४० नं.को ब्याट्रीवाला अटो रिक्सा चार्ज गर्ने क्रममा एक्कासी करेन्ट लाग्न गई निजलाई छुटाउने क्रममा निजको बुवा पर्शुराम कलवार र निजकै हजुर आमा बर्ष ८५ की रामराज कलवारलाई समेत  करेन्ट लागी बब्लु कलवारको घटनास्थलमा नै मृत्यु भएको लास घटनास्थलमा रहेको, पर्शुराम कलवारको उपचारको क्रममा नर्सिङहोम नेपालगंज बाँकेमा मृत्यु भएको र रामराज कलवारको  नर्सिङहोम नेपालगंज बाँकेमा उपचार भई रहेको अवस्था सामान्य घटनास्थलमा प्रहरी टोली खटिएको

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।