प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०५-०४

  • A
  • A-
  • A+
Share

रुपन्देही तिलोत्तमा नगरपालिका-१ शंकरनगर चोक स्थित बुटवल भैरहवा हाईवे सडक खण्डमा बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २१ प ९५९४ नं.को स्कुटर आफै अनियन्त्रित भई पल्टन जाँदा स्कुटर पछाडी सवार जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका-१ बस्ने बर्ष अन्दाजी २४ को धन बहादुर पौडेल क्षेत्री र स्कुटर चालकको नामथर वतन नखुलेको दुबै घाईते भएको अवस्था सिरियस उपचारको लागी लुम्बिनी प्रादेशिक हस्पिटल बुटवल पठाइएको, उक्त स्थानमा प्र.स.नि.कमल भट्टराईको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई गएको, स्कुटर प्रहरीको नियन्त्रणमा रहेको

थप अपडेट: स्कुटर चालक जिल्ला रुपन्देही ओमसतिय गाउँपालिका-१ बस्ने बर्ष अन्दाजी ३० को शंकर पुनको उपचारको क्रममा मृत्यु भएको र पछाडी सवार धन बहादुर पौडेल क्षेत्रीलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।