प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मृत्यु ।

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

दाङ, ५ भाद्र

गुल्मी, धुर्कोट गाँउपालिका वडा नं. ५ घर भइ पश्चिमाञ्चल सोलुशन ईन्टरनेट प्रा.लि. कम्पनीमा काम गर्ने कामदार बर्ष २२ को प्रदिप भट्टराईको करेन्ट लागि मृत्यु भएको छ । मिति २०७९।०५।०४ गते अं. १४:०० बजे  जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्राम बस्ने बिष्णुमाया ज्ञवाली भट्टराईको घरमा ईन्टरनेट जडान गर्ने क्रममा अचानक करेन्ट लागी घाइते भएका थिए । घाइते भट्टराईको उपचारको क्रममा  शनिबार १९:३० बजे मृत्यु भएको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।