प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मृत्यु ।

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

दाङ, ५ भाद्र

गुल्मी, धुर्कोट गाँउपालिका वडा नं. ५ घर भइ पश्चिमाञ्चल सोलुशन ईन्टरनेट प्रा.लि. कम्पनीमा काम गर्ने कामदार बर्ष २२ को प्रदिप भट्टराईको करेन्ट लागि मृत्यु भएको छ । मिति २०७९।०५।०४ गते अं. १४:०० बजे  जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्राम बस्ने बिष्णुमाया ज्ञवाली भट्टराईको घरमा ईन्टरनेट जडान गर्ने क्रममा अचानक करेन्ट लागी घाइते भएका थिए । घाइते भट्टराईको उपचारको क्रममा  शनिबार १९:३० बजे मृत्यु भएको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।