प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

रुपन्देही तिलोत्तमा नगरपालिका-७ भलवारी स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ८६ प १२५१ नं.को स्कुटरलाई सोही दिशाबाट जादै गरेको नं.नखुलेको मो.सा.ले ठक्कर दिदा स्कुटर चालक ऐ.ऐ.सखुवानी बस्ने बर्ष अन्दाजी ३६ को गोपाल थापा मगर घाईते भई उपचारको लागी क्रिमसन अस्पताल मणिग्राम लगेको, अवस्था सिरियस, मो.सा. फरार खोज तलास कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।