प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी घाईते

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.-६ चाँदवारी बस्ने गोरखनाथ चौधरीको घरमा विद्युतमा हाई भोल्टेज आई मिटरबक्स र MCB मा आगलागी हुँदा सोही घरको १ तलाको रेलिङमा बसेकी गोरखनाथ चौधरीको नातिनी जिल्ला गोरखा पालुङ नगरपालिका वडा नं.-५ बस्ने बर्ष १६ कि स्नेहा चौधरीलाई करेन्‍ट लागी भुईमा खस्दा निज घाईते भई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको, अवस्था सिरीयस, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।