प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी घाईते

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.-६ चाँदवारी बस्ने गोरखनाथ चौधरीको घरमा विद्युतमा हाई भोल्टेज आई मिटरबक्स र MCB मा आगलागी हुँदा सोही घरको १ तलाको रेलिङमा बसेकी गोरखनाथ चौधरीको नातिनी जिल्ला गोरखा पालुङ नगरपालिका वडा नं.-५ बस्ने बर्ष १६ कि स्नेहा चौधरीलाई करेन्‍ट लागी भुईमा खस्दा निज घाईते भई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको, अवस्था सिरीयस, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।