प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुटपिट गरी मानिस मारेको अभियोगमा २ जना पक्राउ

२०७९-०५-०६

  • A
  • A-
  • A+
Share

महाराजगंज नगरपालिका-२ पडरीया बस्ने बर्ष ६३ को अब्दुल हक मुसलमान र सोहि ठाउँ बस्ने निजको छोरा बर्ष २० को सम्साद मुसलमानले कुटपिट गरी मानिस मारेको अभियोगमा पक्राउ परेका छन् । मिति २०७९/०५/०६ गते १२:३० बजे सम्साद मुसलमानअब्दुल हक मुसलमानले स्थानीय सिचाँई कुलोको विषयलाई लिएर सोहि ठाउँ घर भएका बर्ष ६८ को अब्दुल जब्बार धुनिया बर्ष ३८ को अब्दुल रहमानलाई कुटपिट गर्दा घाईते भएका थिए । घाईतेहरु मध्ये अब्दुल जब्बार धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचार भईरहेकोमा दिउँसो १३:२० बजे उपचारको क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने सम्साद मुसलमानअब्दुल हक मुसलमानलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरि रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।