प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुटपिट गरी मानिस मारेको अभियोगमा २ जना पक्राउ

२०७९-०५-०६

  • A
  • A-
  • A+
Share

महाराजगंज नगरपालिका-२ पडरीया बस्ने बर्ष ६३ को अब्दुल हक मुसलमान र सोहि ठाउँ बस्ने निजको छोरा बर्ष २० को सम्साद मुसलमानले कुटपिट गरी मानिस मारेको अभियोगमा पक्राउ परेका छन् । मिति २०७९/०५/०६ गते १२:३० बजे सम्साद मुसलमानअब्दुल हक मुसलमानले स्थानीय सिचाँई कुलोको विषयलाई लिएर सोहि ठाउँ घर भएका बर्ष ६८ को अब्दुल जब्बार धुनिया बर्ष ३८ को अब्दुल रहमानलाई कुटपिट गर्दा घाईते भएका थिए । घाईतेहरु मध्ये अब्दुल जब्बार धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचार भईरहेकोमा दिउँसो १३:२० बजे उपचारको क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने सम्साद मुसलमानअब्दुल हक मुसलमानलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरि रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।