प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ

२०७९-०५-०६

  • A
  • A-
  • A+
Share

रुपन्देही रोहिणी गाउँपालिका वडा नं.-५ दरवा स्थितबाट मिति २०७९।०५।०६ गते २१:०० बजेको समयमा लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अटो चालक जिल्ला रुपन्देही देबदह नगरपालिका-१ बस्ने बर्ष २१ को  पर कुमार हरिजन, अटोमा सवार ऐ.ऐ. बस्ने बर्ष २३ को सुरज सहानी र अटोमा सवार ऐ.ऐ. बस्ने बर्ष २२ को दिनेश सहानी रहेका छन् । प्रहरीको चेकिंग टोलीले अटोलाई चेकजाँच गर्दा उनीहरुको साथबाट Diazspam lnjecton २० थान, Prememthazing Hydrachloride २० थान र नुफिन २० थान लागूऔषध बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।