प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ४ जना पक्राउ

२०७९-०५-०७

  • A
  • A-
  • A+
Share

दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ५  उद्योगवाणिज्य टोल स्थित अल बहादुर बाँठाको पुरै घर जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. ११ खैरावाङ घर भएका दिपेश कृष्ण बुढाथोकीले भाडामा लिई निजले जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ घर भएका जनक बुढाथोकीलाई कोठा भाडामा दिएकोमा सोही कोठामा अबैध लागूऔषध ट्रामाडोलको कारोवार भई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सोही कोठामा निम्न मानिसहरु समेत कोठा भित्र बसी लागूऔषध ट्रामाडोल कारोवार गरी राखेको अवस्थामा फेला पारी उक्त कोठा तथा निजहरुको शरिर रित पुर्वक खानतलासी गर्दा काठको टेबुलको घर्रामा लुकाएर राखिएको कालो प्लाष्टिकमा राखिएको २५२(२५२x१०=२५२०) पत्ता र प्रयोग गरि बाँकी रहेको ८ वटा ट्यावलेट गरी जम्मा २५२८ ट्यावलेट, निजहरुले लागूऔषध ट्रामाडोल र एक थान चक्कु समेत बरामद गरी लागूऔषध कारोवार गर्ने चार जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।

                                                         निम्न :-

१. जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ गाईडर बस्ने बर्ष २४ को जनक बुढाथोकी ।

२. ऐ.ऐ.वडा नं. १ भमके बस्ने बर्ष २८ को बसन्त साहुँ भन्ने भिम बहादुर वि.क.।

३. ऐ.ऐ. बस्ने बर्ष २६ को मिलन वि.क.भन्ने चुर्ण बहादुर वि.क.।

४. जिल्ला दाङ बबई गाउँपालिका वडा नं. ५ हापुरे बस्ने बर्ष २२ को बसन्त रिजाल भन्ने हिरालाल पंगाली ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।