प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ४ जना पक्राउ

२०७९-०५-०७

  • A
  • A-
  • A+
Share

दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ५  उद्योगवाणिज्य टोल स्थित अल बहादुर बाँठाको पुरै घर जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. ११ खैरावाङ घर भएका दिपेश कृष्ण बुढाथोकीले भाडामा लिई निजले जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ घर भएका जनक बुढाथोकीलाई कोठा भाडामा दिएकोमा सोही कोठामा अबैध लागूऔषध ट्रामाडोलको कारोवार भई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सोही कोठामा निम्न मानिसहरु समेत कोठा भित्र बसी लागूऔषध ट्रामाडोल कारोवार गरी राखेको अवस्थामा फेला पारी उक्त कोठा तथा निजहरुको शरिर रित पुर्वक खानतलासी गर्दा काठको टेबुलको घर्रामा लुकाएर राखिएको कालो प्लाष्टिकमा राखिएको २५२(२५२x१०=२५२०) पत्ता र प्रयोग गरि बाँकी रहेको ८ वटा ट्यावलेट गरी जम्मा २५२८ ट्यावलेट, निजहरुले लागूऔषध ट्रामाडोल र एक थान चक्कु समेत बरामद गरी लागूऔषध कारोवार गर्ने चार जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको

                                                         निम्न :-

१. जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ गाईडर बस्ने बर्ष २४ को जनक बुढाथोकी ।

२. ऐ.ऐ.वडा नं. १ भमके बस्ने बर्ष २८ को बसन्त साहुँ भन्ने भिम बहादुर वि.क.।

३. ऐ.ऐ. बस्ने बर्ष २६ को मिलन वि.क.भन्ने चुर्ण बहादुर वि.क.।

४. जिल्ला दाङ बबई गाउँपालिका वडा नं. ५ हापुरे बस्ने बर्ष २२ को बसन्त रिजाल भन्ने हिरालाल पंगाली ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।