प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ४ जना पक्राउ

२०७९-०५-०७

  • A
  • A-
  • A+
Share

दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ५  उद्योगवाणिज्य टोल स्थित अल बहादुर बाँठाको पुरै घर जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. ११ खैरावाङ घर भएका दिपेश कृष्ण बुढाथोकीले भाडामा लिई निजले जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ घर भएका जनक बुढाथोकीलाई कोठा भाडामा दिएकोमा सोही कोठामा अबैध लागूऔषध ट्रामाडोलको कारोवार भई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सोही कोठामा निम्न मानिसहरु समेत कोठा भित्र बसी लागूऔषध ट्रामाडोल कारोवार गरी राखेको अवस्थामा फेला पारी उक्त कोठा तथा निजहरुको शरिर रित पुर्वक खानतलासी गर्दा काठको टेबुलको घर्रामा लुकाएर राखिएको कालो प्लाष्टिकमा राखिएको २५२(२५२x१०=२५२०) पत्ता र प्रयोग गरि बाँकी रहेको ८ वटा ट्यावलेट गरी जम्मा २५२८ ट्यावलेट, निजहरुले लागूऔषध ट्रामाडोल र एक थान चक्कु समेत बरामद गरी लागूऔषध कारोवार गर्ने चार जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको

                                                         निम्न :-

१. जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ गाईडर बस्ने बर्ष २४ को जनक बुढाथोकी ।

२. ऐ.ऐ.वडा नं. १ भमके बस्ने बर्ष २८ को बसन्त साहुँ भन्ने भिम बहादुर वि.क.।

३. ऐ.ऐ. बस्ने बर्ष २६ को मिलन वि.क.भन्ने चुर्ण बहादुर वि.क.।

४. जिल्ला दाङ बबई गाउँपालिका वडा नं. ५ हापुरे बस्ने बर्ष २२ को बसन्त रिजाल भन्ने हिरालाल पंगाली ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।