प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सर्पले टोक्दा १ जनाको मृत्यु, १ जना घाईते

२०७९-०५-०९

  • A
  • A-
  • A+
Share

जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका-५ घर भई हाल जिल्ला बाँके राप्तीसोनारी गाउँपालिका-२ माथेबासा स्थित केशवराज डाँगीको घरमा बस्दै आएका वर्ष ७ को पारस पुनमगर र वर्ष ५ को पेशल पुनमगरलाई रातीसंगै सुतिरहेको अवस्थामा सर्पले टोक्दा पारस पुनमगरको घटनास्थलमा नै मृत्यु भएको र पेशल पुनमगर बेहोस अवस्थामा रहेको हुँदा उपचारको लागि सर्पदंश उपचार केन्द्र शम्शेरगंज बाँकेमा पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरि रहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।