प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सर्पले टोक्दा १ जनाको मृत्यु, १ जना घाईते

२०७९-०५-०९

  • A
  • A-
  • A+
Share

जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका-५ घर भई हाल जिल्ला बाँके राप्तीसोनारी गाउँपालिका-२ माथेबासा स्थित केशवराज डाँगीको घरमा बस्दै आएका वर्ष ७ को पारस पुनमगर र वर्ष ५ को पेशल पुनमगरलाई रातीसंगै सुतिरहेको अवस्थामा सर्पले टोक्दा पारस पुनमगरको घटनास्थलमा नै मृत्यु भएको र पेशल पुनमगर बेहोस अवस्थामा रहेको हुँदा उपचारको लागि सर्पदंश उपचार केन्द्र शम्शेरगंज बाँकेमा पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरि रहेको छ ।  

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।