प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०५-१०

  • A
  • A-
  • A+
Share

रोल्पा माडी गाउँपालिका ४ बेर्सावाङ स्थित शहिद मार्गमा सिस्नेबाट घर्तिगाउँ रोल्पा तर्फ आउँदै गरेको बा ७ च ५००२ नं.पिकअप बोलेरो गाडी सडकबाट १०० मिटर तल खोलामा खसेको भनि मिति २०७९।०५।११ गते ०७:३० बजे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई बुझ्दा अनियन्त्रित भई खोलामा खसेको, चालक जिल्ला नुवाकोट ककनी नगरपालिका २ बस्ने बर्ष ३१ को बुद्धि बहादुर लामाको घटनास्थलमा नै मृत्यु भएको, लाश र गाडी खोलामा रहेको, निकाल्ने कार्य भईरहेको र सह-चालक जिल्ला वैतडी पाटन नगरपालिका-४ बस्ने बर्ष २२ को मनोज चन्द अवस्था मध्यम निजलाई उपचारको लागि स्मृती अस्पताल घर्तिगाउँ रोल्पा पठाईएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।