प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मानिस मृत्यु:-

२०७९-०५-१२

  • A
  • A-
  • A+
Share

बाँके १२ भाद्र,

बाँके, कोहलपुर नगरपालिका वडा नं. ९ झण्डहवा बस्ने वर्ष ३७ को कमराज थारुको करेन्ट लागी मृत्यु भएको छ । मिति २०७९।५।११ गते १९:०० बजे सोही घर भएका गोपाल थारुको घरमा करेन्ट नआए पछि मर्मत गर्न भन्दै कमराज थारु सिडी लगाई बिद्युत पोलमा चढेकोमा करेन्ट लाग्दा पोलबाट भुईमा खसी घाइते भएका थिए । घाईते थारुको उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।