प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मानिस मृत्यु:-

२०७९-०५-१२

  • A
  • A-
  • A+
Share

बाँके १२ भाद्र,

बाँके, कोहलपुर नगरपालिका वडा नं. ९ झण्डहवा बस्ने वर्ष ३७ को कमराज थारुको करेन्ट लागी मृत्यु भएको छ । मिति २०७९।५।११ गते १९:०० बजे सोही घर भएका गोपाल थारुको घरमा करेन्ट नआए पछि मर्मत गर्न भन्दै कमराज थारु सिडी लगाई बिद्युत पोलमा चढेकोमा करेन्ट लाग्दा पोलबाट भुईमा खसी घाइते भएका थिए । घाईते थारुको उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।