प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबी मानिस मृत्युः-

२०७९-०५-१२

  • A
  • A-
  • A+
Share

बर्दिया १२ भाद्र,

बर्दिया, बासगढी नगरपालिका वडा नं. ६ सतरिया बस्ने वर्ष ६५ की मानसी थारुको नालामा डुबी मृत्यु भएको छ ।  मिति २०७९।०५।११ गते १०:०० बजे घरबाट बाहिर गएकोमा १७:२० बजे घर नजिकै रहेको सतरिया नालामा डुबी मृत अवस्थामा फेला परेकी थिइन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।  

 

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।