प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा :-

२०७९-०५-१२

  • A
  • A-
  • A+
Share

दाङ १२ भाद्र,

दाङ, गढवा नगरपालिका वडा नं. ७ ज्वती सामुदायिक बनबाट राम बहादुर चौधरीलाई भरुवा बन्दुक, बारुद, केप, फलामको गोली र छर्रा सहित पक्राउ गरिएको छ ।  मिति २०७९।०५।११ गते १८:४० बजे ज्वती सामुदायिक बनमा शिकार खेल्न गएक भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट प्र.नि. रन्जु के.ी. को कमाण्डमा ७ जनाको टोली खटि गएको थियो । प्रहरी टोलीले जिल्ला दाङ, राजपुर गाँउपालिका वडा नं. १ कठबेरुवा बस्ने बर्ष ४२ को राम बहादुर चौधरीबाट लोड गरेको भरुवा बन्दुक  थान १ (एक नाले), बारुद १०० ग्राम,  केप थान ४ , फलामको गोलि १९ वटा  र फलामको छर्रा १२६ वटा बरामद गरेको छ । बरामद भएको भरुवा बन्दुक लगायतका सामान सहित निज राम बहादुर चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।