प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खोलाले बगाई मानिस बेपत्ता:-

२०७९-०५-१२

  • A
  • A-
  • A+
Share

रुपन्देही १२ भाद्र,

रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. ११ मझुवा बस्ने वर्ष ७० को रुद्र पङ्गेनी क्षेत्रीलाई शतगडी खोलाले बगाउदा बेपत्ता भएकी छिन्। मिति २०७९।०५।११ गते १९:०० बजे भैसी चराई फर्कने क्रममा बुटवल उपमहानगरपालिका वडा १२ स्थितमा रहेको शतगडी खोला तर्ने क्रममा अचानक चिप्लिएर लड्न गई  खोलाले बगाएको थियो । खोलाले बगाई बेपत्ता भएकी क्षेत्रीको खोजी कार्य जारी रहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।