प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खोलाले बगाई मानिस बेपत्ता:-

२०७९-०५-१२

  • A
  • A-
  • A+
Share

रुपन्देही १२ भाद्र,

रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. ११ मझुवा बस्ने वर्ष ७० को रुद्र पङ्गेनी क्षेत्रीलाई शतगडी खोलाले बगाउदा बेपत्ता भएकी छिन्। मिति २०७९।०५।११ गते १९:०० बजे भैसी चराई फर्कने क्रममा बुटवल उपमहानगरपालिका वडा १२ स्थितमा रहेको शतगडी खोला तर्ने क्रममा अचानक चिप्लिएर लड्न गई  खोलाले बगाएको थियो । खोलाले बगाई बेपत्ता भएकी क्षेत्रीको खोजी कार्य जारी रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।