प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०७९-०५-२८

  • A
  • A-
  • A+
Share

रुपन्देही मर्चवारी गाउँपालिका-२ अमुवा स्थित ऐ.ऐ. बस्ने राजु जैसवालको घरको पेटीमा रहेको टिनको ट्रस्ट मुनि घर वतन नखुलेको बर्ष  ४० की जसोधरा बानिया महिला मृत अवस्थामा रहेको छ भनी स्थानिय मार्फत सूचना प्राप्त हुन साथ तत्काल उक्त स्थानमा प्रहरी टोलि खटि गई बुँझ्दा निज मृतकको मानसिक अवस्था ठिक नरहेको, मागि खाने हिड्ने भन्ने बुझिएको, थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।